सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, बिजुलीबजारस्थित एल.के.एस डेन्टल सोलुसनमा बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिनेछ।
यस सहकार्यले ग्राहकलाई विशेष छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
सिद्धार्थ बैंकले डिजिटल भुक्तानीको प्रवर्द्धन तथा ग्राहकलाई डिजिटल माध्यममार्फत भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित केही समयअघि मात्र ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।