चितवनमा बैंकहरूद्वारा बृहत र्याली, युवालाई वित्तीय साक्षरतामा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2025 | 04:47:42 PM मा प्रकाशित

नेपाल बैंकर्स संघ बागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनि विक– २०२५ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित बृहत र्‍याली आयेजना गरिएको छ । यसका साथै वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तार सँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेका छन् ।

कोअपरेसन एन्ड डेभलपमन्टको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved