सरकारले गभर्नर नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्तिको लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाउने निर्णय गरेको जनाइएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. पौडेललाई सदस्य नियुक्त गरिएको छ।
लामो रस्साकस्सिपछि नेपाली कांग्रेसको भागमा गभर्नर परेको स्रोतको भनाई छ। स्रोतकाअनुसार नेकपा एमालेले बिद्युत प्राधिकरण सहित निर्वाचन आयोग लिने तथा नेपाली कांग्रेसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित गभर्नर लिने सहमति जुटेको हो।
यससंगै गभर्नरका लागि नेपाली कांग्रेस निकट उम्मेदवारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ। गभर्नरको रेशमा रहेका मध्ये नेपाल राष्ट्र बैंकका संचालक रबिन्द्र पाण्डे, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई नेपाली कांग्रेस निकट मानिन्छ भने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकार भट्ट कुनै राजनीतिक दलको व्यक्ति नभएपनि जिल्लागत हिसाबले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको रोजाईका पात्र मानिन्छन।
यसअघि :
- गभर्नर नियुक्तिलाई लिएर सत्ता नेतृत्त्वमा रस्साकस्सि, लुकाईयो सिफारिस समितिका सदस्यको नाम
- गभर्नरको प्रमुख दाबेदार नीलम ढुङ्गानाको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म
- गभर्नर चयनमा बैंक मालिकहरूको दबाब, स्वच्छ छवि भएका उम्मेदवारको सम्भावना कमजोर!
- पेचिलो बन्दै गभर्नर नियुक्ति प्रक्रिया, शक्ति सन्तुलनको नाममा हाबी हुँदै 'पावर ब्रोकर'
- अघि बढ्यो गभर्नर नियुक्ति प्रकृया: अंकमा खेल्ने भन्दा जनभावना बुझ्ने 'अर्थविद' मा सरकारको जोड
- गभर्नर नियुक्तिमा अध्यादेशको अन्योल, राष्ट्र बैंक केही समय निलम ढुंगानाको नेतृत्वमा