महालक्ष्मी बिकास बैंकद्वारा छात्रवृति प्रदान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 02:42:10 PM मा प्रकाशित

महालक्ष्मी बिकास बैंकले काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रशंसा ढकाललाई छात्रवृति प्रदान गरेको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने क्रममा बिपन्न परिवारमा हुर्किएकी ढकाललाई छात्रवृति  प्रदान गरेको हो।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटद्वारा राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बैकले ती छात्रालाई छात्रवृतिस्वरुप ५०,००० चेक हस्तान्तरण गरेको हो। 

पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकले ढकालको उच्च शिक्षा हाँसिल गर्न सघाउ पुर्याउने हेतुले छात्रवृति प्रदान गरेको हो। बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।       

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved