कैलाश विकास बैंकले Kailash Bikas Bank Limited १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत निक्षेपकर्ताले रकम जम्मा गरेको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
एक लाखको न्युनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । यस्तै बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताले ११.७५५ र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० व्याज पाउने छन । यसको अवधि भने १ देखि ३ वर्ष रहने बैंकले जनाएको छ ।