सानिमा बैंक Sanima Bank Limited को लाभांश पारित भएको छ। बैंकको मङ्सिर २७ मा सम्पन्न १४ औं बार्षिक साधारणसभाले संचालक समितिले गत आर्थीक बर्षको कमाईबाट प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको हो।
बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो।
बैंकले गत आर्थिक बर्ष १ अर्ब ७० करोड खुद मुनाफा आर्जन गरेको थियो। त्यस्तै सर्वसाधारण समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्नेगरी भरत कुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित भएका छन।