
 2mb (1).gif)
एनएमबि बैंक NMB Bank Limited ले गरिमा बिकास बैंक Garima Bikas Bank Limited लाई प्राप्ति गर्ने समाचार 'झुटो' भएको खुल्न आएको छ। केहि मिडियाहरुमा एनएमबिले गरिमालाई प्राप्ती गर्ने समाचार प्रकाशित भएपछि एक बिज्ञप्ती जारि गर्दै गरिमा विकास बैंकले कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर तथा प्राप्तिको कुरा नभएको जनाएको छ।
'गरिमा विकास बैक कुनै पनि बैंक वित्तीय संस्थासंग मर्जर प्रक्रियामा नरहेको र मर्जर तथा प्राप्ति सम्बन्धमा आएको समाचार निराधार हो' बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा उलेल्ख छ।
एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जरको हल्ला चुटेर मनग्गे कमाएका सेयरका खेलाडीहरुले यस्तो समाचार लेखाएको हुन सक्ने गरिमा बिकास बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताए। 'यस्तो निराधार समाचार कसले किन बाहिर ल्यायो, त्यसको अध्ययन र खोजी कार्य थालिसकेका छौँ, प्रमाण भेट्ने बित्तिकै कारबाही गर्न पछि हट्ने छैनौं' ति अधिकारिले भने, 'गरिमा विकास बैंक आफैंमा सक्षम र बलियो राष्ट्रिय स्तरको बिकास बैंक हो, जहाँ हामि छौँ त्यहाँ हाम्रो पकट राम्रो छ, मर्जर वा प्राप्ति नै गर्न परे हामीले सेयरको मुल्यमा प्रभाब नपर्ने गरि सूचना नै जारि गर्छौं।'
पछिल्लो समय मर्जर तथा प्राप्तीको हल्ला गरेर सेयरको मुल्यमा खेल्ने समुहहरु सक्रिय भएका छन। नेप्से परिसुचक १८०० को बिन्दुमा एभरेष्ट बैंकको सेयर बेचेर बाहिरिएका एभरेष्ट बैंककै संचालक समितिका मान्छेहरुले सस्तोमा सेयर उठाउन लक्ष्मी बैंकसंगको मर्जरलाई 'हतियार' बनाएको बजारमा गाइगुई सुनिन्छ। एभरेष्ट बैंकसंगको मर्जरको हल्ला चुट्नअघि उनीहरुले लक्ष्मी बैकको सेयर उठाएको र मर्जर हल्लापछि लक्ष्मी बैंकको सेयर बढेको मुल्यमा बेचेर बाहिरिएको बिजपाटी स्रोतको दाबी छ।
एभरेष्ट बैंकका संचालक समितिका मान्छेहरुले मर्जरको हल्ला चुटेर सेयरबजारबाट कमाउने 'खेल' यो नै पहिलो भने होइन। यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंक र तत्कालिन किष्ट बैंकसंग मर्जर हुँने हल्ला चुटेर यो गिरोहले राम्रै कमाएको थियो। चुक्ता पुंजी ८ अर्ब पुर्याउन गाह्रो नहुने र राष्ट्र बैंकले पनि फोर्सफुल मर्जरको नीति नलिएको अवस्थामा एभरेष्ट बैंकका संचालक समितिका मान्छेहरुले मर्जरको 'बेमौसमी बाजा' बजाउने कर्मले नै एभरेष्ट बैंकका गिरोह हाबी छन भन्ने कुरा पुष्टि भएको स्रोत दाबी छ।
'एभरेष्ट बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, किष्ट बैंकसंग जसरि बिना सम्झौता, बिना लिखित मर्जरको हल्ला चलाइयो, त्यहि शैलीमा नै लक्ष्मीसंगको मर्जरको हल्ला चलाइएको छ, एभरेष्ट बैंकको संचालक समितिको माइन्युटमा लक्ष्मी बैंकसंग मर्जर हुने बिषयबारे भएको लिखित प्रस्ताब सार्वजनिक गर्नलाई राष्ट्र बैंकले एभरेष्टलाई निर्देशन दिनुपर्छ' स्रोत भन्छ, 'सधैं केहि मिडियालाई प्रयोग गरेर मर्जरको हल्ला चलाएर सेयरबजारमा बैंकको सेयरमुल्यमा खेलेर कमाउने छुट दिनु हुँदैन, अब पनि पुरानै खेल हुन्छ भने राष्ट्र बैंक माथि पनि शंका गर्ने बाटो हुन्छ।'