कैलाश विकास बैंक Kailash Bikas Bank Limited का ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालले उपचार सेवामा छुट दिने भएको छ । अस्पतालले बैंकका भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा छुट दिने भएको हो । बैंक र अस्पतालबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।
कैलाश विकास बैंकले हाल ८५ शाखा र ३१ एटिएम मार्फत सेवा दिँदै आएको छ ।