गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 08:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले आफ्नो नयाँ शाखा काठमाडौंको नयाँ बानेश्वरमा संचालनमा ल्याएको छ। बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे। 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । 

विकास बैंकले चालू आर्थिक बर्षको दोश्रो त्रैमासको अन्त्य २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत बर्षको तुलनामा ५४.८१ प्रतिशतले नाफा बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको  बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved