सेन्चुरी बैंकद्वारा आँखा शिविरलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 11:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरद्धारा सर्लाहीको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरमा आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरलाई ५० हजार आर्थिक सहयोग गरेको हो। 

यस सम्बन्धमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घले बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो । डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved