एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाटै केवाइसी अपडेटको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 11:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक NIC Asia Bank Limited  ले घरैमा बसेर ग्राहक पहिचान अद्यावधिक (केवाईसी) गर्न सकिने सुविधा ल्याएको छ। बैंकका ग्राहकले घर तथा कार्यालयमा बसी सहज तरिकाबाट इन्टरनेटको माध्यमबाट केवाइसि अपडेट गर्न सकिने बैंकले जनाएको छ।  

यस सुविधा अन्तर्गत बैंकका ग्राहकले बैंकको आधिकारिक वेबसाइट खोलि 'अपडेट केवासी अनलाइन पोर्टल' मा मागेको जानकारी उपलब्ध गराउनुपर्ने बैकले जनाएको छ। आफ्ना ग्राहकलाई घरमै बसेर केवासी अपडेट गर्न सहज होस् भन्ने उदेश्यले यो सुविधा ल्याइएको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीेले जानकारी दिए। 

बैंकले हाल २७७ शाखा कार्यालय, २९० २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ।  

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved