एनआइसी एसियाले स्मार्ट टेलर संचालनमा ल्याएको छ। डिजिटल प्रविधिमा आएको विकासलाई नयाँ उचाई दिई आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिन स्मार्ट टेलर संचालनमा ल्याइएको बैंकले जनाएको छ।
बैंककाअनुसार आफ्ना सबै शाखा कार्यालयको टेलरलाई स्मार्ट टेलर बनाइएको छ। यससेवा मार्फत ग्राहकले चेक विनानै आफ्नो मोबाइल बैकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन। यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ।
बैंकले हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।