सिटिजन्स बैंक Citizens Bank International Limited ले नयाँ बचत योजना सार्वजनिक गरेको छ । बैंकले ‘‘सिटिजन्स विशेष बचत खाता’’ योजना ल्याएको हो । सय रुपैयाँमा खोल्न सकिने यस योजनामा बैंकले बिमा सुविधा पनि प्रदान गर्नेछ ।
दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने यस योजनाबाट स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त हुने बैंकले दिएको छ । यस योजनामा संलग्न हुने ग्राहकको एक लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र सात लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस खाता खोलेका ग्राहकलाई बिमा वापतको औसत मौज्दात रकमको चार गुणा सम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा दिईएको बैंकले जनाएको छ ।
बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।