'बैंक धेरै भए, मर्जमा जानु, नेपालमा २० वटा भए पुग्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 09:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा युबराज खतिवडाले बैंकहरुको अहिलेको संख्या धेरै भएकाले मर्जरमा जान सुझाब दिएका छन। नेपालकै पहिलो पूर्वाधार विकास बैंक 'इन्फ्रास्ट्रक्चर बैंक' संचालनको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालको अर्थतन्त्रको आकारलाई हेर्दा  २० वटा जति बैंक भए पनि पुग्ने भन्दै बैंकहरुलाई मर्जरमा जान सुझाब दिएका हुन।

'बैंकहरु पनि बसेर बिचार गर्नुहोस, हामि धेरै भयौं भनेर सबैले भनिरहनु भएको छ,मसंगको व्यक्तिगत भेटमा तपाईहरु सबै हामि धेरै भयौं भन्नुहुन्छ' अर्थमन्त्री खतिवडाले भने, 'अनि कुनै दुइटा मिलेर एक हुन सक्नुभएको छैन, तपाईहरु धेरै भयौं भन्नेहरु एक ठाउँ बसेर को को एक हुनेहो सल्लाह गर्नुहोस।'

बैंकको संख्या घट्दा संचालन लागत घट्नुको साथै अस्वस्थ प्रतिष्पर्धामा समेत कमि आउने भन्दै अर्थमन्त्री खतिवडाले बैंकहरुलाई मर्जरमा जान सल्लाह दिएका हुन। 

लगानी क्षमता बढ्ने, लागत घट्ने, पुंजीको आकार बढ्ने जस्ता मर्जरका धेरै राम्रा गुण छन भन्दै अर्थमन्त्री खतिवडाले अझैपनि धेरै भयो भन्नेहरुलाई मर्जरमा जान सुझाब दिएका हुन। 'मिलेर हामि यति भयौं भनेर आउनलाई सुझाब दिन्छु' अर्थमन्त्री खतिवडाले भने। 

त्यस्तै  

अर्थमन्त्री खतिवडाले बैंकर र व्यवसायीलाई विवाद मिलाउन निर्देशन दिएका छन् । व्याजदरलाई लिएर दुवै पक्ष अतिवादतर्फ उन्मुख भएको भन्दै  आपसमा मिलेर नगए सरकारले हस्तक्षेप गर्ने चेतावनी खतिवडाले दिए । 

अर्थमन्त्री खतिवडाले बैंकले १६ प्रतिशत ब्याज खोज्ने र उद्योगी–व्यवसायीले ६ प्रतिशत ब्याजमै ऋण खोज्ने दुवै प्रवृत्ति अतिवाद भएको बताउँदै सहमतिमा आउन आग्रह गरे। ‘तपाईँहरुले झगडा गरे सरकार हात्तीको जस्तो सुँड पसारेर हस्तक्षेप गर्न बाध्य हुने छ,’ उनले भने । 

मन्त्री खतिवडाले सरकारले बैंकर र उद्योगीबीच ब्याजदरबारे भइरहेको झगडा टुलुटुल हेरेर नबस्ने समेत बताए । ‘बैंक पनि निजी क्षेत्रकै, उद्यमी पनि निजी क्षेत्रकै हुनुहुन्छ’, उनले भने, ‘सरकार सुँड पसार्दै हस्तक्षेप गर्ने सोचमा छैन, तपाईँहरु आफै मिल्नुहोस् ।’

बैंकर–उद्योगी, व्यवसायीको झगडा सरकारलाई मन नपरेको भन्दै अर्थमन्त्री खतिवडाले मिलेर जानुको विकल्प नभएको बताए । ‘यदि सरकारले हस्तक्षेप गर्नुपर्ने हो भने भन्नुहोस्, हामी तयार छौं’ उनले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved