नबिलले ल्यायो साना उद्यमी लक्षित बिशेष योजना, ५ दिनमै कर्जा, डकुमेन्ट बनाउन उपायले सिकाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 10:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले साना तथा मझौला उद्यमीका लागि 'नबिल सरल कर्जा' योजना ल्याएको छ। यस योजनामा साना तथा मझौला किसिमका उद्यमीले सहजै सस्तो ब्याजदरमा कर्जा पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए। 

अर्थतन्त्रको मेरुदण्डका रुपमा लिईने साना तथा मझौला उद्यमीहरुलाई सहजै सरल कर्जा प्रदान गरि देशको अर्थतन्त्रलाई मजबुत बनाउने उदेश्यले नबिल बैंकले यो नविनतम योजना ल्याएको शाहले बताए।

'यस योजना अन्तर्गत बैंकले मिड जुलाई अर्थात १८ महिनाको अवधीमा करिब ७ अर्ब रुपैयाँ बराबरको ऋण प्रदान गर्ने लक्ष्य राखेको छ' सीईओ शाहले बताए। यस योजनाअन्तर्गत बैंकले बार्षिक साढे १० प्रतिशतमै कर्जा प्रदान गर्ने शाहले बताए। 

बैंकले युके एड समक्ष टु एक्सेंस फाइनान्ससंगको सहकार्यमा नेपालमै पहिलोपटक यो योजना ल्याएको हो। राजधानीमा एक कार्यक्रम आयोजना गरि बैंक र सक्षमले यससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरेका छन। सम्झौतामा बैंकका तर्फबाट अनिल शाह र सक्षमको तर्फबाट सक्षमका टिम लिडर  निर्मल दाहालले हस्ताक्षर गरे।   

नबिल बैंकले ल्याएको साना उद्यमी लक्षित 'नबिल सजिलो कर्जा' योजनामा ४ करोडसम्म ब्यापारको आकार भएका र १ करोड ५० लाखसम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमीले कर्जा पाउनेछन।

यो योजनामा निःशुल्क कारोबार सूचक सेवा, निःशुल्क मासिक बैंक ई–स्टेटमेन्ट र व्यवसायका संचालकलाई निःशुल्क क्रेडिट कार्ड जारी गर्ने जस्ता सुबिधाहरु उपलब्ध हुनेछ। उक्त कर्जा योजनामा ग्राहकले सम्पूर्ण कागजात पेश गरेको पांच कार्य दिन भित्र बैंकले कर्जा प्रदान गर्नेछ। यो सुविधा नबिल बैंकका सबै शाखाहरु मार्फत उपलब्ध भइसकेको सीईओ शाहले बताए। 

सीईओ शाहकाअनुसार यो योजनाअन्तर्गत उद्यमी तथा मझौला व्यवसायीले सम्पती वा योजना धरौटीमा राखेर कर्जा लिन पाइन्छ। कर्जा लिनका लागि प्रकृया अत्यन्त सहज भएको र उपाय भन्ने संस्थाले कर्जा लिनलाई डकुमेन्ट बनाउन सघाउने शाहले बताए। बैंकले हाल देशभरका ७५ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।  


  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved