कैलाश विकास बैंकमा खाता खोल्दा निशुल्क दुर्घटना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 12:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले नारी दिवसको उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले शुन्य मौज्दातमा खाता खोल्न सक्ने बैंकले जनाएको छ। यस योजनामा निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved