‘केएमसी’मा जन्मने शिशुलाई पाँच सय पैसा र केक उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 04:48:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११ औं एटिएम एकसाथ सञ्चालनमा ल्याएको छ । काउन्टर र एटिएमको बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुखकार्यकारी अधिकृत प्रा.डा.दामोदर प्रसाद पोखरेलले उद्घाटन गरे ।

आजैदेखी केएमसी हस्पिटलमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिनेछ ।

बैंकले हाल ७८ वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved