च्याम्पियन्स लिगः घरेलु मैदानमा बार्सिलोनाको शानदार जित, मेसीको दुई गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 09:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराती भएको भएको खेलमा फ्रेन्च क्लब लियोनलाई दोस्रो लेगमा ५–१ ले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा बार्सिलोनाका लागी लियोनल मेसीले दुई गोल गरे । १८औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३१औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । ५८औँ मिनेटमा लियोनका लुसका टसार्टले गोल गर्दे गोल अन्तर कम पारेका थिए । तर अन्तिम १२ मिनट भित्र बार्सिलोनाले ३ गोल थप्यो । मेसीले ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८१औँ मिनेटमा जेरार्ड पिके र ८६औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरे ।

लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बार्साको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको हो । योसँगै घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिग खेलमा बार्सिलोनाले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍यएको छ । लियोन विरुद्ध जितपछि बार्सिलोनाले २७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved