सबैभन्दा ठूलो विकास बैंक बन्यो ‘ज्योति’, एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 03:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited र हाम्रो विकास बैंकको एकिकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक रामी रेग्मीले एकिकृत कारोबारको उद्घाटन गरे । एकिकृत कारोबारको अवसरमा बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ । 

बैंकका अध्यक्ष हरि चन्द्र खड्काले दुई बैंकबीचको एकिकृत कारोबारले थप जिम्मेवारी बढेको र अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । 

बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पँुजीको हिसावले ज्योति विकास बैंक सबैभन्दा ठुलो विकास बैंक भएको बताए ।

एकिकृत कारोबार पश्चात् बैंकको निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड पुगेको छ । बैंकको चुक्ता पँुजी ३ अर्ब १० करोड पुगेको छ । शाखा संख्या ९५, एटिएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved