मेगा क्यापिटललाई कारोबार अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 03:14:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited को सहायक कम्पनी मेगा क्यापिटल मार्केटसले मर्चेन्ट बैकिङ्ग व्यवसायको अनुमति पाएको छ । मेगा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट कारोबारको अनुमति पाएको हो । कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

क्यापिटलले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन लगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले जानकारी दिए । उनका अनुसार कम्पनीले केही दिनमै औपचारिक रुपमा कारोबार सुरु गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved