ज्योती बिकास बैंक Jyoti Bikash Bank Limited बाट अजोड इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि ज्योती बैंकका शाखाबाट अजोड इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको हो ।
सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञावली र इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।