एनआईसी एशियाको चमत्कारिक योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 06:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले २१ वर्ष पुरा गरि २२औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा १५ वटा नयाँ बचत निक्षेप योजना ल्याएको छ । विभिन्न २२ वटा विशेषतासहित बैंकले नयाँ योजना ल्याएको हो । 

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र चमत्कारिक तलब बचत खाता ल्याएको हो । 

यी सबै योजनामा ग्राहकको १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त हुने बैंकले जनाएको छ । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved