एनआईबिएलमा डिम्याट खाता निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 06:44:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले  निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ ।  यो सुविधा बैशाख १ गते देखि सिमित अवधिका लागि सञ्चालनमा ल्याएको हो । 

पूँजी बजार भन्दा बाहिर रहेका गृहणी विद्यार्थी तथा नयाँ लगानीकर्ता यस सुविधाबाट लाभान्वित हुनेछन् । साथै सरकारले अघि सारेको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सहयोग पुग्ने बैंकले जानकारी दिएको छ । 

यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट, तथा लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि यो सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved