माछापुच्छ्रे बैंकको एक व्यक्ति एक खाता योजना, कहीं खाता नहुनेलाई एक सय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 12:08:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited  ले ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ। बैंकले नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत यो योजना ल्याएको हो। 

यस योजनाअन्तर्गत कुनै पनि बैंक वित्तीय संस्थामा खाता नहुनेले माछापुच्छ्रे बैंकमा खाता खोल्दा खाता खोले बापत ग्राहकले बैंकबाट एक सय रुपैयाँ पाउनेछ। यस खातामा बैंकले ग्राहकलाई बार्षिक ५ प्रतिशतका दरले ब्याज दिनेछ।

नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

हाल माछापुच्छ्रेले देशभरका ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ्ग सेवा र १२१ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved