स्वेच्छिक मर्जरमा जान बैंकहरु तयार, सरकारसँग राखे यस्तो शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 07:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले बिग मर्जरका लागि कर छुटको माग गरेका छन। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जरमा जाने बैंकहरुलाई कर छुटको दिन माग गरेका हुन। 

व्यवस्थापन संघको पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले ठुलो आकारका बैंक वित्तीय संस्थाहरु पनि मर्जरमा जान सक्ने अवस्था रहेको बताउदै यसका लागि प्रोत्साहन स्वरूप सरकारले आयकरमा छुट दिनुपर्ने बताए। सरकारले आगामी बजेटमा मर्जरमा जाने संस्थालाई आयरकरमा छुट दिन नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष ढुंगानाले सुझाब दिए।  

अर्थमन्त्री ड़ा युबराज खतिवडाले सरकारले बैंकहरुले ब्याज घटाउने गरि काम गरेको बताए। तर यसका लागि बैंकहरुले उत्पादन मुलक क्षेत्रहरुमा लगानी बढाउनु पर्ने अर्थमन्त्रीले सुझाब दिए। 'सरकारले ब्याज घटाउने गरि काम गरेको छ, यसबारे आगामी बजेटमा सम्बोधन हुन्छ, तपाईहरु उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुहोस' अर्थमन्त्री खतिवडाले भने। 

त्यस्तै अर्थमन्त्री खतिवडाले लघुवित्तको संख्या धेरै भएकाले उनीहरुलाई एकीकृत हुने वा सुद्दिकरण तर्फ मध्ये कुनै एउटा बाटो रोज्न सुझाब दिएका छन। पछिल्लो समय बैंकिङ प्रणालीमा बिग मर्जरको चर्चा ब्यापक छ। यसबारे बिभिन्न बैंक वित्तीय संस्थाहरुले अनौपचारिक छलफल समेत थालेको बजारमा चर्चा छ।   

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved