मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई धुलिखेलको माउण्टेन रिसोर्टमा छुट हुने भएको छ । बैंक र रिसोर्टबीच सम्झौता भएपछि बैंकका भिजा डेविट कार्ड भएका ग्राहकहरुले उक्त रिसोर्टको सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरे ।
मुक्तिनाथले हाल ११४ वटा शाखा, २२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।