सनराइज बैंक Sunrise Bank Limited बाट एशियन लाईफ इन्स्योरेन्सको बिमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि सनराइज बैंकले आफ्ना १०४ वटै शाखाहरmबाट एशियन लाईफको बीमा योजना बिक्री गर्ने छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
बैकले हाल १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र ११९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।