टेनिस प्रतियोगिता आयोजना गर्दै सिटिजन्स बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 06:40:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘7th Citizens Bank Open Tennis Tournamentआयोजना गर्ने भएको छ । बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा  बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल आयोजना गर्न लागेको हो । ःMen’s Singles, Women’s Singles, Mixed Doubles, 35 + Singles & Doubles, 45 + Singles & Doubles, 55 + Singles & Doubles, 65 + Singles गरी विभिन्न सात विधामा खेल आयोजना गरिने काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए । विजेताहरूलाई ५ लाख १३ हजार ५ सय पुरस्कार राशि रहेको टुनामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता जनाउने अपेक्ष आयोजकले लिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकले ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा बैंकले १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा  र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । 

बैंकले मुलुकभर रहेका ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख सेवाग्रहीलाई बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ । बैंकिङ सेवालाई प्रभावकारी बनाउने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरेकोे छ ।


  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved