एनआईसी एशियाले गर्यो एकै दिन ५ शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 09:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले एकै साथ पांच नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहटमा १ गरि ५ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो। बैंकले आजनै थप १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।  

काठमाडौं उपत्यकामा बैंकले बालुवाटार शाखा, ठुलो भर्याङ शाखा, रामकोट शाखा, चाबहिल स्थित चाबहिल शाखा र रौतहत स्थित सिम्राभवानीपुर शाखा संचालनमा ल्याएको हो। त्यस्तै बैंकले रुपन्देहीको गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा समेत आजै संचालनमा ल्याएको छ। 

यससंगै बैंकको शाखा संख्या २८१, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेको छ। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले बताएका छन।           


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved