सिटिजन्स बैंकको सहायक सीईओमा समिरप्रसाद दाहाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 08:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनल लिमिटेड @C को सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन। सिविआईएल क्यापिटलमा  सीईओको जिम्मेवारी सम्हाल्दै आएका दाहाल बैशाख २० बाट लागू हुनेगरि बैंकको सहायक सीईओमा नियुक्त भएका हुन।

६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा सिटिजन प्रवेश गरेका दाहाल यसअघि बैंकको सहायक संस्था सिविआईएल क्यापिटलको सीईओमा कार्यरत थिए। १६ वर्षअघि बैंकिङ्ग करियर थालेका दाहाल चार्टर एकाउन्टेन्ट समेत हुन। दाहाल हाल त्रिभुवन विश्व विद्यालयमा अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् । 

दाहालले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved