अर्थमन्त्री खतिवडाकै पदचाप पछ्याउदै राष्ट्र बैंकका गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 11:17:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले अर्थतन्त्रको सूचक प्रस्तुतिमा अर्थमन्त्री ड़ा युबराज खतिवडालाई पछ्याएको पाइएको छ। अर्थमन्त्री खतिवडाको शैलीलाई पछ्याउदै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सबमा सकारात्मक सूचकबारे मात्रै बोलेका छन।

गभर्नर नेपालले चालू आर्थिक बर्षको आठ महिनाको प्रगति सुनाउने क्रममा सकारात्मक सूचकलाई मात्रै स्थान दिए। अर्थतन्त्रको अवस्थाबारे जानकारी दिने महत्त्वपूर्ण सूचकहरुलाई प्राथमिकता दिएर प्रगति विवरण सुनाउने जिम्मेवारीलाइ बेवास्ता गर्दै गभर्नर नेपालले कमजोर देखिएका सूचकलाई स्थाननै दिएनन। 

लिखित प्रगति विवरण बाचनको क्रममा गभर्नर नेपालले पछिल्लो समय लगातार बढिरहेको आयात र निर्यातबीचको अन्तरको अवस्था, बिदेशी विनिमय संचिति घट्दै गईरहेको अवस्था, बढ्दो चालू घाटा र शोधानान्तर घाटाको बारे कहीं कतै जिकिर समेत गरेनन। नेपालको ब्यापार घाटा बढ्दै गर्दा बिदेशी विनिमय संचिति घट्नुले अर्थतन्त्र जोखिमपूर्ण अवस्थातर्फ लम्किरहेको बुझाउने अर्थविदहरुको भनाई छ। केहि अन्य सूचकको जिकिर गरेर यस्तो महत्त्वपूर्ण सूचकलाई बेवास्ता गर्नुले गभर्नर नेपालले जोखिमलाई हत्केलाले छेक्न खोजेको जस्तो भएको अर्थविदहरुको भनाई छ।       

कुल ग्राहस्थ उत्पादनको तुलनामा रेमिट्यान्सको आकार तथा रेमिट्यान्स कम हुँदा अर्थतन्त्रमा पर्ने असर लगायतका बिषय पनि गभर्नर नेपालले आफ्नो लिखित मन्तब्यमा सामेल गरेनन। सरकारले बैदेशिक रोजगारीमा लिएको नीतिका कारण पछिल्लो समय विदेश जाने नेपालीको संख्यामा कमी आउँदा रेमिट्यान्स तुलनात्मक रुपमा घटेको छ। 

अर्को तर्फ गत एक बर्षको तथ्यांक हेर्ने हो भने नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानी समेत निरन्तर ओरालो लागेको छ। अर्थमन्त्री खतिवडाले बिभिन्न फोरममा समृद्द नेपालको लागि नेपालको पुंजी पर्याप्त नभएको र बिदेशी लगानी आवश्यक रहेको बताउदै आएका छन। तर उनको भनाई बिपरित प्रत्यक्ष बैदेशिक लगानी घटिरहेको छ। यति महत्त्वपूर्ण बिषय समेत गभर्नर नेपालले आफ्नो मन्तब्यमा राख्न चाहेनन। 

आफ्नो कार्यकालमा राष्ट्र बैंकले राम्रो काम मात्रै गरेको र राम्रो मात्रै भएको सुनाउन चाहेका गभर्नर नेपालको भनाईलाई उनकै नेतृत्वमा रहेको राष्ट्र बैंकका कर्मचारीले 'खिसी' उडाएका छन। बार्षिकोत्सबकै दिन राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुले नेकपा सरकार गठनसंगै राष्ट्र बैंक कम्जोर हुँदै गएको र गभर्नर नेपालले अर्थमन्त्री खतिवडालाई खुसि राख्नकै लागि नकारात्मक देखिएका सूचकलाई सकेसम्म कम प्रचार प्रसार गर्न गराउन निर्देशन दिएको सुनाएका छन।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved