ग्राहकको खातामा २३ अर्ब ट्रान्सफर भएको बिषयमा अनिल शाहले मुख खोले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 08:46:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले ग्राहकको खातामा २३ अर्ब निक्षेप पुगेको घटनाबारे प्रतिकृया दिएका छन। खातावाल डा सन्तोष नेपालको खातामा २३ अर्ब ट्रान्सफर भएको बिषयलाई शाहले 'टेक्निकल इरर' बताएका छन। 

मंगलबार डा नेपालको खातामा पैसा ट्रान्सफर भएको जानकारी पाउने बित्तिकै आफुहरुले तत्कालै उक्त समस्या समाधान गरेको बताउदै शाहले बिजपाटीलाई भने, 'तत्कालै समस्या समाधान भएको थियो तर तीनले (डा नेपाल) अनावश्यक मिडियाबाजी गरे'। 

यसअघि: नबिल बैंकले अर्बपति बनाइदिएपछि डाक्टरलाई यस्तो तनाब...

उनले अघिभने, बैंकमा एउटा प्रयोजनले पैसा ट्रान्सफर गर्दा ग्राहकको खातामा ट्रान्सफर हुन पुग्यो, जबकि त्यो पैसा झिक्न मिल्ने पैसा पनि होइन, खातावालले इन्टरनेट बैंकिंङ चलाएकाले त्यहाँ त्यो पैसा देखिएको मात्रै हो। यसलाई सर्वसाधारणले बुझ्ने भाषामा 'टेक्निकल इरर' भन्न पर्छ। बैंकले तत्कालै समस्या समाधान गरेपनि सामाजिक संजालमा उक्त बिषय सेयर भएकाले घटना जटिल हुन पुगेको हो। 

मंगलबार जल तथा वातावरण विज्ञ ड़ा नेपालको खातामा एक्कासी २३ अर्ब ७५ करोड रुपैयाँ देखिएको थियो । इन्टरनेट बैंकिङ मार्फत खाता चेक गर्दा खातामा २३ अर्ब ७५ करोड देखिएपछि बैंकमा खबर गरेको नेपालले फेसबुकमा सेयर गरेका थिए।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved