अब इन्टरनेट बीना नै मोबाइल बैंकिङ, बाणिज्य बैंक र टेलिकमबीच १ अर्ब लगानीको कम्पनी खोल्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 10:46:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि इन्टरनेट बीना नै मोबाइल बैंकिंङको सुविधा उपलब्ध हुने भएको छ। राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमबीचको सहकार्यमा इन्टरनेट र एप्स बीना नै मोबाइल बैंकिङ चल्ने गरि भूक्तानी सेवा प्रदायक कम्पनी संचालनमा आउन लागेको हो।   

यससम्बन्धि सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा सो हस्ताक्षर भएको हो।  

सम्झौताअनुसार संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा टेलिकम तथा बैंकको प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ । 

अहिलेसम्म मोबाइल बैकिङ पेमेन्ट प्रणालीको लागि एप्स र इन्टरनेट हुनुपर्छ। सिमबाटै भुक्तानी गर्न सकिने व्यवस्था ल्याउने गरेर दुवै कम्पनी लागेका हुन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved