एनएमबि बैंकले बिना धितो ५ प्रतिशत ब्याज मै ऋण दिने

भावना लामा

भावना लामा

May 07, 2019 | 09:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारबाट फर्केकालाई एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । रिटर्नी माईग्रेन्ट नेपाल र राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा बैंकले सहुलियत ऋण प्रदान गर्ने भएको हो ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्नको लागी रिटर्नी माईग्रेन्ट नेपाल,एनएमबी बैंक र राष्ट्रिय युवा परिषदबिच त्रिपक्षिय समझदारी भएको छ । समझदारी अनुरुप युवा परिषदको समन्वयन र रिटर्नी माईग्रेन्ट नेपालको सिफारिसमा एनएमबी बैंकले कर्जा प्रदान गर्नेछ । परियोजना धितो भन्नाले आफुले गर्न चाहेको व्यवसायको योजना हो। यस हिसाबले बैंकले बिना धितो ऋण प्रदान गर्न लागेको हो । बैंकले अधिकतम १० लाखसम्म परियोजना धितोमा कर्जा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । बैंकले बैदेशिक रोजगारबाट फर्केकालाई ५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने छ । बाँकि ५ प्रतिशत सरकारले बैंकलाई अनुदान दिने छ । उनका अनुसार सुरुवाती चरणमा एक हजारको लागी १ अरब ऋण प्रवाह गर्नेछ । रिटर्नीहरुसँग सीप, क्षमतासँगै अप्ठेरोमा काम गरेको अनुभव भएकोले पनि आफूहरु लगानी गर्न तयार भएको केसीको भनाई छ ।

स्वदेशबाट फर्केका लाखौं युवालाई स्वरोजगार बनाउने उदेश्यका साथ रिटर्नी माईग्रेन्टले यस कार्यको थालनी गरेको अध्यक्ष उत्तम अधिकारीले बताए । सरकारले सहुलियत कर्जा लिनको लागि खुल्ला गरेको आवेदनसँग रिटर्नी माईग्रेन्टको कुनै सम्बन्ध छैन । तर उक्त आवेदनमा समावेश भएकाले चाहेमा पनि यस संस्था मार्फत कर्जा लिन सक्ने अधिकारीको भनाई छ । स्वदेश फिर्ता भएकाले जुनसुकै स्थानबाट कर्जाको लागी आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

सरकारको पोलेसिलाई कार्यन्वयन गर्न यो सम्झौता भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलको भनाई छ । विभिन्न तालिम, परामर्श प्रदान गरि ऋण लिन योग्य बनाएर मात्रै ऋण दिने योजना रहेको छ । सुरुवाती समयमा एनएमवी बैंकसँग सहमति गरेपनि आगामी दिनमा सरकारी तथा निजी बैंकहरुसँग समन्ययन गर्ने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved