कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited ले स्याङ्गजा जील्ला स्थित शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वालिङ नगरपालिका वडा नं १३ स्थित झलुङ्गेमा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
बैकले ८४ वटा शाखा र ३९ वटा एटिएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।