सनराइज र बैंक अफ चाइना गान्सु शाखाबीच रणनीतिक साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  र बैंक अफ चाइना गान्सु शाखाबीच रणनीतिक साझेदारीको बिषयमा सम्झौता भएको छ। आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाउने सहमति भएको बैंकले जनाएको छ। 

दुवै बैंकबीच विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरु बीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सनराइजको यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने बिषयमा सहमति भएको छ।

त्यस्तै दुई बैंक बिच आपसि कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि बनाउने पनि सहमति भएको छ। गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको छ ।       

सम्झौतापत्रमा सनराइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved