प्रभुको एक्टेन्सन काउन्टर बुटवलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 01:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा प्रभु बैंक को एक्स्टेन्सन काउण्टर स्थापना गरिएको छ ।

बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणाली मार्फत गर्ने गरि काउन्टर सन्चालनमा ल्याइएको हो । श्रम तथा रोजगार कार्यालयमा आउने सेवाग्राहीहरुलाइ रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले बताए । उक्त काउन्टरबाट बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहजता प्रदान गर्नको लागि सेवा सुरु गरिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved