रुपन्देहीको पुन्नीहवामा माछापुच्छ्रेको शाखा रहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 03:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे  बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा एउटा शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्र्बाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानि, साथै कर्जा आवेदन गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved