नेशनल माइक्रोफाइनान्सको ‘व्यवसायिक तरकारी खेती तालिम’ सिन्धुलिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 05:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स वितीय National Microfinance Bittiya Sanstha Limited को शाखा कार्यालय सपहिले व्यवसायिक तरकारी खेती तालिम सञ्चालन गरेको । वित्तिय संस्थाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिप मुलक व्यवसायिक तरकारी खेती तालिम प्रदान गरेको हो । 

तालिममा व्यवसायिक तरकारीखेती गर्न चाहिने अधारभुत सिप, तरिका, विभिन्न जातका तरकारी रोप्ने तरिका, तरकारीमा लाग्न सक्ने रोगको पहिचान, रोगबाट रोकथाम तथा नियन्त्रणको उपायहरु, बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराइएको थियो । 

महिला कृषकहरुको ज्ञान,सिप र क्षमता अभिबृद्धि गदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिका लागी यस तालिमको आयोजना गरीएको संस्थाले जनाएको छ । तालिममा नेशनल माइक्रोफाइनान्स शाखा कार्यालय सपहीमा आवद्ध कोल्वी न.पा. र गढिमाई गा.पा.का विभिन्न वडाका ३७ महिला सदस्यहरुको सहभागी रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved