लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सुविधा नबिल बैंकबाट प्राप्त हुने भएको छ । बैंक इन्स्योरेन्सबीच सम्झौता भएपछि नबिल बैंकका सबै शाखामार्फत लुम्बिनी जनरल इन्स्योरेन्सको सुविधा प्राप्त हुने भएको हो ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के श्रेष्ठ र बैंकका तर्फबाट रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।