महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँ महानगरपालिका १५ स्थित डल्लु र काठमाडौँ महानगरपालिका १६ स्थित नयाँबजारमा शाखा सञ्चालनमा ल्याएको छ । डल्लु शाखाको उद्घाटन काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का सांसद जीवन राम श्रेष्ठ र नयाँँबजार शाखाको उद्घाटन बैंकका संचालन राजेश कुमार रौनियारले गरेका हुन् ।
बैंकले हाल ९३ वटा शाखा र ३५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।