एनआईसी एशिया बैंकका ग्राहकलाई ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल र कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलमा उपचार छुट हुने भएको छ । बैंक र यी अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्ने भएका हुन् ।
सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।
बैंकले हाल २८४ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् सेवा दिँदै आएको छ ।