सेञ्चुरी बैंकबाटै मेटलाइफ इन्स्योरेन्सको बिमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 09:51:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । 

जेठ १४ गते भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा योजना प्राप्त गर्न सक्छन् । यसबाहेक बिमाको प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा सेञ्चुरी बैंकबाटै ग्राहकहरुले लिन सक्नेछन् ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved