ज्योति विकास बैंकले पोखराको तालचोक र लेकसाईडमा शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका २७ मा रहेको तालचोक र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।