ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थान बीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदान गर्ने भएको छ ।
बैंकले आफ्नो १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजनाहरु बिक्रि गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो माध्यमबाट प्रदान गर्नेछ ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् ।