एनआईसी एशिया बैंकले झापाको केचनाकवल गाउँपालिका १ को घेराबारी र स्याङ्गजाको आँधीखोला गाउँपालिका १ पञ्चमूलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
केचनाकवल शाखारहित बैंकिङको बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरे र पञ्चमूल शाखारहित बैंकिङ सेवाको वडा अध्यक्ष लोकप्रसाद ढकालले उद्घाटन गरे ।
बैंकले हाल २८४ शाखा, २८९ एटिएम, ४२ वटा एक्स्टेन्सन काउण्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् सेवा दिँदै आएको छ ।