सनराईज बैंकका ग्राहकलाई भारतका हस्पिटलमा पनि छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 04:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैकले हेल्थ केयर कार्डको सुरुवात गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस. बाट भुक्तानि गर्दा सामान्य डेविट कार्डको भन्दा बढि  रकमको भूक्तानीको सुबिधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । सनराइज हेल्थ केयर कार्ड प्रयोग गरि भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ । 

बैंकका बचतकर्ताले अस्पताल भर्ना भइ उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बषमा एक चोटी बिमा दाबी गर्न सकिनेमा चैत्र १, २०७५ देखि बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना ल्याएको छ । बैंकका बचतकर्ताले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्म छुट पाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved