हिमालयन बैंक पनि कनेक्ट आइपिएसमा आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 01:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हिमालयन बैंक आबद्ध भएको छ। यस प्रणालीमार्फत ग्राहकहरुले आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानि कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रणालीबाट नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ । 

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आइपिएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा हाल सम्म ५६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा प्रवाह भइरहेकोछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved