मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 02:15:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी दिन एक दिने व्यवसायिक साक्षरता तालिम दिएको छ। 

बैंकले काठमाडौँमा “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता”  भन्ने मुल नाराको साथ तालिम सम्पन्न गरेको छ। तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved