ग्लोबल आइएमईको थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 04:43:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका वार्ड नं. १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वार्ड नं. १ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका वार्ड नं. १ मनवा बजार, पर्वत जिल्लाको मोदी गाउँपालिका वार्ड नं. ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका वार्ड नं. ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड नं. ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका वार्ड नं. ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नं. १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका वार्ड नं. १० चाँदनी चोक एव्म बेलबारी नगरपालिका वार्ड नं. ११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका वार्ड नं. २ भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट गाउँपालिका वार्ड नं. २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वार्ड नं. ९ हडिया बजार, तनहूँ जिल्लाको व्यास नगरपालिका वार्ड नं. ५ नेपालटार, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वार्ड नं. ७ भालुमारे तथा कालिका नगरपालिका वार्ड नं. ९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वार्ड नं.  ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको सन्चालनमा ल्याएको हो ।  

ग्राहकहरुले उक्त शाखा रहित इकाइबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने तथा मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

यसका साथै बैंकले दमक शाखामा, काठमाडौं कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।  

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिध/सम्पर्क कार्यालय मार्फत ग्राहकहरुलाइ सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved